Notice
सम्पूर्ण धर्मसंस्कृतिप्रमी महानुभावहरु ।
प्रथम साधारण–सभामा उपस्थितिका लागि हार्दिक निमन्त्रणा
नेपलीहरुको धर्मसंस्कृति र परम्पराको जगेर्ना गर्ने मूल लक्ष्यका साथ गत वर्ष युकेमा स्थापना भएको यस संस्थाले केन्द्रीय कार्यालय सहेको वेल्स राज्यमा दर्जनवढी कार्यक्रहरु सम्पन्न गरिसकेको छ । यस संस्थाको अबको बाटो भनेको युकेभर संस्थाका राज्य समिति विस्तार गर्ने र बढीभन्दा बढी नेपालीहरुलाई धर्मसांस्कृतिक जागरण अभियानमा सहभागी र सक्रिय गराउने हो । यसका लागि युके तथा विश्वका केही अन्य देशमा समेत राज्यसंयोजक र राष्ट्रसंयोजक तोकिसकिएका छन् ।
यही यात्रामा भएगरेका अनुभव आदानप्रदान र भावी रणनीति निर्माणका लागि विधानतः प्रथम साधारण सभा आयोजना गर्न लागिएको छ । नेपालीहरुको विशेष चाड माघे संक्रन्ति अर्थात् माघीको अवसर पारेर निम्नानुसार आयोजना गरिने यस सभामा सक्रिय उपस्थितिका लागि साधारण सदस्य, पारिवारिक सदस्य, आजीवन सदस्य, मानार्थ सदस्य, सल्लाहकार तथा सुभचिन्तकहरुमा हार्दिक निमन्त्रणा गर्दछौं ।
कार्यक्रम विवरण ः
मिति ः २०८१÷१०÷०१ (सन् २०२५ जनवरी १४) मङ्गलबार
समय विवरण ः
सङ्क्रन्तिपूजा तथा सूर्यशनि उपासना ः विहान ०९ः०० बजे (दोस्रो तलामा)
भजनकीर्तन ः विहान ११ः०० बजे (दोस्रो तलामा)
साधारण सभा ः विहान ११ः०० बजे (पहिलो तलामा)
प्रसाद तथा खिचडी वितरण ः १२ः३० बजे (भुईँ तलामा)
स्थान ः सनातन धर्म मण्डल हिन्दू मन्दिर, स्प्लट
पोष्ट कोड ः CF11 9NA
आयोजक ः धर्मसांस्कृतिक अभियान, युके
नोट ः कार्यक्रममा आफ्नो नृत्य, गीत आदि कला प्रस्तुत गर्न चाहने महानुभावले आयोजक समितिलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । यथासक्य नेपाली पोसाकमा उपस्थितिको अपेक्षा गरिनेछ ।