Sunday, July 20
Shadow

Holi 2082

 

 

 

फागुपूर्णिमा, वसन्त उत्सव, होलिकादहन एवं चियापान कार्यक्रममा सहभागिताका लागि हार्दिक आमन्त्रणा !!

अत्याचारी हिरण्यकश्यपुको यातनाबाट भक्त प्रहलादको रक्षाका लागि हिरण्यकश्यपुकी बहिनी होलिका लाई भष्म गरेको दिन, बालाकृष्णले पुतनालाई मारी गोकुलरक्षा गरेको दिन, राधाकृष्णको वृन्दावन प्रेमलीला उत्सवको दिन, शिव-पार्वती मिलनको दिन आदि पौराणिक महत्त्वले भरिएको फाल्गुन शुक्लपूर्णिमा अर्थात् फागु पूर्णिमाको विशेष पावन अवसरमा सदा झैं यस वर्ष पनि निम्न विवरणका कार्यक्रमहरू आयोजना गरिएकाले सम्पूर्ण सनातन हिन्दू संस्कृति प्रेमी महानुभावहरूलाई सहभागिताका लागि अनुरोध गर्दछौं ।

कार्यक्रम विवरण:

१) बसन्त उत्सव/फागुपूर्णिमा उत्सव/होली खेल्ने एवं चियापान कार्यक्रम

मिति : २०८१ साल फाल्गुन २९ गते बिहीबार (सन् २०२५ मार्च १३)
समय : दिउँसो १२:३० बजे
स्थान : भिक्टोरिया पार्क, क्यान्टन, कार्डिफ

२) होलिका दहन उत्सव

मिति: २०८१ चैत्र ३ शनिबार (सन् २०२५ मार्च १५)
समय : बेलुका ४ बजे
स्थान : सनातन धर्म मण्डल मन्दिर, स्प्लट, कार्डिफ

आयोजक :
धर्मसांस्कृतिक अभियान युके

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow us